पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ ।
प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना शनिबार रातिदेखि पहिरोमा फसेका थिए । घर रहेको स्थानको चारैतर्फ पहिरो आए पछि उनीहरु सुरक्षित स्थानमा जान सकेका थिएनन् । पीडित रातिदेखि नै उद्धारको पर्खाइमा थिए ।
हेलिकोप्टरमा उद्धार गरिएकाहरुमा ६० वर्षीया नरमाया गुरूङ, १६ वर्षीय सन्दीप गुरूङ, नौ वर्षीया हिमा गुरूङ, ८० वर्षीय कृष्णबहादुर गुरूङ, ६० वर्षीया डिकमाया गुरूङ, ३५ वर्षीय काजुहाङ गुरूङ, ३० वर्षीया सुनिता गुरूङ, ४३ वर्षीय मनबहादुर गुरूङ, ४४ वर्षीया मनकुमारी गुरूङ, १६ वर्षीया सुष्मा गुरूङ, ७० वर्षीय पदमबहादुर खालिङ र ६८ वर्षीया मनमाया खालिङ छन् । उनीहरुलाई विद्यालयमा अस्थायी आश्रयस्थल बनाएर राखिएको डिएसपी खतिवडाले जानकारी दिए ।
The Exercise Pacific Angel 24-2, a joint search and rescue training event between Nepali Army and the United States Pacific Air Forces (PACAF), was successfully conducted between 15-20 September, 2024. …
Read More »
दोलखाको उत्तरी सिंगटीको खोलिखिम बजार माथि माईथान सामुदायिक बन क्षेत्रमा रहेको जोखिम तपतपे ढुङ्गा …
Read More »
The Multinational Planning Augmentation Team Tempest Express (MPAT TE-40) Workshop was held in Kathmandu from 17 to 27 March 2025, jointly organized by the Nepali Army & U.S. Indo-Pacific Command (US INDOPACOM). …
Read More »
मिति २०८१/०४/०९ गते सौर्य एअरलाईन्सको CRJ7 जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौंबाट बिहान ११११ बजे पोखरा उडानको क्रममा दाहिने तर्फ मोडिन गई धावनमार्ग नजिकै दुर्घटना भएको । …
Read More »
अनुरुप श्री राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयद्वारा श्री गोकर्णेश्वर न.पा. संग समन्वय गरी- ४ (चार) दिने सामुदायिक विपद् प्रतिकार्य तालिम मिति २०८०।०९।२४ गतेबाट मिति २०८०।१०।०३ गतेसम्म गोकर्णेश्वर न.पा. - ९ मा संचालन गरिएको …
Read More »
पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ …
Read More »
मिति २०८१/०३/२८ गतेको विहान करिब साढे तीन बजे चितवन जिल्ला, भरतपुर म.न.पा. वडा नं.२९ नारायणगढ-मुग्लिन सडक खण्डको …
Read More »